You are viewing the translated version of निर्देशन पालना गर्नु पर्ने.
Section 69
निर्देशन पालना गर्नु पर्ने
(१) निरीक्षकले अनुगमनको क्रममा कुनै सैवा प्रदायकले ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड पालना गरेको नदेखेमा त्यस्तो सेवाप्रदायकलाई पहिलो पटक नब्बे दिनभित्र आवश्क मापदण्ड पूरा गरी सेवा उपलब्ध गराउन निर्देशन दिनेछ र सोको जानकारी मन्त्रालयले तोकेको अधिकारीलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निर्देशनको कार्यान्वयन गर्दा समय अपुग भएको भनी सेवा प्रदायकबाट अनुरोध भएमा मन्त्रालयले तोकेको अधिकारीको अनुमति लिई निरीक्षकले बढीमा साढी दिनसम्मको समय थप गर्न सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिमको अवधिभित्र निरीक्षकले दिएको निर्देशन सम्बन्धित सेवाप्रदायकले कार्यान्वयन नगरेमा त्यस्तो सेवाप्रदायकको अनुमतिपत्र रद्द गर्न निरीक्षकले मन्त्रालयले तोकेको अधिकारी समक्ष सिफारिस गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम निरीक्षकबाट सिफारिस भई आएमा मन्त्रालयले तोकेको- अधिकारीले तीस दिन भित्र अनुमतिपत्र रद्द गरी सोको जानकारी सम्बन्धित सेवाप्रदायक र सरोकारवालालाई दिनु पर्नेछ।